Rule 14
परीक्षण र विशेषज्ञ सेवा दस्तुर

रचयिता, ध्वनिअङ्कन, प्रस्तुति वा प्रसारणका धनीले आर्थिक तथा नैतिक अधिकार उल्लङ्घन भयो भनी दिएको निवेदन अनुसार कुनै सामग्री प्रयोगशालाबाट परीक्षण गर्नु पर्दा वा सो सामग्रीका सम्बन्धमा कुनै विशेषज्ञको राय लिनु पर्दा लाग्ने दस्तुर सम्बन्धित निवेदकले व्यहोर्नु पर्नेछ ।